सुर्खेतमा ९२ करोडमा ९७ आयोजना निर्माण गरिँदै

पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ ।

निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ ।

प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेबल पुल र दुई झोलुङ्गे पुल निर्माण गर्न थालिएको पूर्वाधार निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिए ।

“आगामी असार मसान्तसम्म हामीले सुर्खेत जिल्लामा ३२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएका छौंँ”, निर्देशक पौडेलले भने, “७० किलोमिटर सडकमा नाली बनाउने, ग्राभेलिङ गर्ने र बाटोको स्तरवृद्धि हुने छ ।” अहिले जाडो समयमा कालोपत्रे गर्न नमिल्ने भएकाले आगामी फागुनदेखि धमाधम काम हुने बताइएको छ ।

निर्देशक पौडेलका अनुसार चालु आव २०७७/०७८ भित्रै ५० किमी नयाँ साधारण मार्ग खोलिने र जनता आवास कार्यक्रमअन्तर्गत ५०० घर निर्माण हुनेछन् ।

निर्देशनालयले निर्देशित कार्यतालिकानुसार काम अघि बढेको जनाउँदै लक्ष्यबमोजिम आयोजना सम्पन्न हुने जिकिर गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति