प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

काठमाडौं, २७ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद र आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग जान लागेका हुन् ।

आयोगले यसअघि माघ १६ गते नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

सो छलफलमा नेकपाको ओली पक्षका दोस्रो तहका नेताहरु पुगेर छलफल गरेपनि प्रचण्ड(नेपाल पक्ष भने सो दिन छलफलमा भाग लिएनन् ।

तर त्यसको केहि दिनपछि प्रचण्ड-नेपाल पक्षले आयोगमा आफ्नो पक्षको आधिकारिकता दाबी गरिसकेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे निर्वाचन आयोग जाँदै छन् ।

नेकपाका दुवै पक्षले आफु आधिकारिक भएको दाबी गरिरहदा निर्वाचन आयोगले कस्तो निर्णय गर्छ भन्ने सबैको चासो रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति