कोभिड प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने मन्त्रीको घोषणा

काठमाडौं २५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरे ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रहसमेत गरे । मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन पनि आग्रहसमेत गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट आज काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीवी पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझाउन भने ।

उनले पत्रकारहरुले आफ्नो आचार संहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि स्पष्ट पारे । उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति