सिमभञ्ज्याङमा हिउँ : हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध

त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ ।

अहिले वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट गएका सयौँ सवारी साधन सिमभञ्ज्याङ र अघोरमा रोकिएका छन् । अहिले सिमभञ्ज्याङमा घाम लागिरहेको पालुङ प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति