कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र

काठमाडौं । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ ।

मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८७५ मध्ये तीन हजार ८३३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भइसकेका छन् । सङ्क्रमित सबै हेटाँैडाका रहेको र होम आइसोलेशनमा उपचारतमा बसेको सो कार्यालयले जनाएको छ ।

कारोना सङ्क्रमण शुरु भएको ११ महिनामा मकवानपुरमा हालसम्म कोरोना सङ्क्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । साथै एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको बताइएको छ । उक्त कार्यालयका अनुसार यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानको आठौं दिनसम्ममा एक हजार २१९ जनाले सो खोप लगाएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति