भारतमा १ करोड ५ लाखभन्दा बढीले जिते कोरोना

काठमाडौं, २४ माघ । भारतमा १ करोड ५ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । शनिबारसम्म भारतमा १ करोड ५ लाख ९ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ५० हजार ४७६ छ ।त्यहाँ कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ९४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको हो ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ६८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख १५ हजार २२२ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति