मांसाहारी आन्दोलन गर्नेहरुलाई ‘जावलाखेल जु’ मा बन्द गरिनेछ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सिंगो नेपाल अस्थिरताको विरुद्ध आन्दोलित भएको दाबी गरेका छन् । शुक्रबार (आज) नारायणहिटी संग्राहलय अगाडी आयोजित आमसभामा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

गणतन्त्रको रक्षाका निम्ति नारायणहिटी दरबार अगाडी आमसभा आयोजना गरिएको उनको भनाइ छ । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै मांसाहारी आन्दोलन गर्नेहरुलाई ‘जावलाखेल जु’ मा बन्द गरिने चेतावनी समेत दिए ।

‘राजतन्त्रको स्थापना होइन, गणतन्त्रको रक्षा र त्यसका सुदृढिकरणका निम्ति हामीले यहाँ जनसभा आयोजना गरेका हौँ । फुटवादी तत्वहरुले मांसाहारी आन्दोलन गरेर नेतृत्वलाई अपदस्त गरिनेछ भनेर घाेषणा गरेर हिँडेका छन्,’ गृहमन्त्री थापाले भने, ‘मांसाहरी आन्दोलनलाई हामीले अपराध घाेषित गरेका छाैँ । अब मांसाहारी आन्दोलन गर्नेहरूलाइ जावलाखेल जुमा लगेर बन्द गरिने छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति