पार्टीप्यालेसको छतबाट खसेर एक जनाको मृत्यु

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए ।

उनका अनुसार आज बिहान ६ः१५ बजे पार्टीप्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक यादव क्विक–२० पार्टीप्यालेसमा सरसफाइको काम गर्दै आएका थिए । उक्त घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति