ओली समूह चोइटिएको शक्ति मात्र हो : नेपाल

काठमाडौँ, २३ माघ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सेनाका बख्तरबन्द गाडी चक्रपथमा घुमाउँदैमा प्रधानमन्त्री ओलीबाट कोही नडराउने बताएका छन्।

ललितपुरमा नेकपा बिटमा रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तरक्रियामा नेता नेपालले चोइटिएको ओली समूहको इसारामा हुने कुनै पनि कामबाट नडराइने जनाए ।

‘सडकमा आर्मीका बंकर प्रदर्शन गरे पनि कोही तर्सिनेवाला छैन,’ नेता नेपालले भने ।

ओलीले विधि र पद्धति मिच्दा आजको अवस्था आइलागेको पनि उनले बताए ।

‘केपी ओली विधि, पद्धति र विचारबाट विचलित भएर एक झुण्डको नेतृत्वमा छन्। त्यो पार्टीलाई बालकोटमा लगेर चलाए हुन्छ।’

बिहीबार गरिएको आमहडतालका क्रममा दमन भएको पनि उनले विरोध गरेका छन् । ओलीको निर्देशनमा प्रहरीले ज्यादती, दमन र निरंकुशता देखाएको आरोप लगाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति