महेश बस्नेतको नेतृत्वमा प्रदर्शनबाटै दाहाल–नेपाललाई चुनौती

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई केपी शर्मा ओली नेतृत्वको नेकपाले प्रदर्शनबाटै चुनौती दिएको छ । ओली पक्षीय नेता महेश बस्नेतको नेतृत्वमा प्रदर्शन भएको हो ।

दाहाल–नेपाल समूहले बिहीबार साँझ ५ बजेसम्मको लागि आह्वान गरेको प्रदर्शनलाई ओली समूहले पनि प्रदर्शन नै गरेर चुनौती दिएको हो ।

प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस नारायणहिटीसम्म पुगेको थियो । प्रदर्शनको क्रममा ‘अघि बढ केपी बा ज्यान दिन तयार छौँ’लगायतका नाराहरु लगाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति