देशव्यापी बन्दको प्रभाव : प्रहरीले गोली चलायो, नेता झा घाइते

जनकपुर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आह्वान गरेको देशव्यापी बन्दको प्रभाव जनकपुरमा पनि उस्तै देखिएको छ ।

त्यहाँ प्रदर्शनका क्रममा प्रहरी र बन्दलाई सफल पार्नको लागि सडकमा उत्रिएका कार्यकर्ताको टोलीबीच झडप नै भएको छ । झडपमा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । नेता झाको टाउकोमा चोट लागेको छ ।

झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक दर्जन राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आन्दोलनकारीले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन् ।

प्रहरीले तोडफोडमा संलग्न दर्जनौं आन्दोलनकारीलाई पक्राउ गरेको छ भने थप सुरक्षा व्यवस्था बढाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति