नाइजेरियामा सडक दुर्घटना चारको मृत्यु ४३ घाइते

नाइजेरिया,२२ माघ । नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बिहीबार जानकारी दिएको छ ।

उक्त दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको बताइएको छ । मानिस र जनावर बोकेको एक ट्रक सडकबाट खाडलमा खसेपछि सो घटना भएको थियो । यस दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति