बलिउडकी सर्वाधिक चर्चित अभिनेत्री श्रद्धा कपुरको नाम लामो सयमदेखि नेपाली छोरा रोहन श्रेष्ठसँग जोडिदैँ आएको छ । रोहन नेपाली हुन् । तर उनी सानैदेखि भारतमा हुर्किए र त्यहि अध्ययन गरे । अहिले उनी बलिउडका चर्चित फोटोग्राफर बनिसकेका छन् । उनै रोहन र श्रद्धा लामो समयदेखि प्रेममा रहेको बताइन्छ । तर यसबारे दुवैले खुलेर अहिलेसम्म बोलेका छैनन् ।
तर अब श्रद्धा र रोहन विवाह गर्ने सोचमा रहेको जानकारी प्राप्त भएको छ । हालैमात्र बलिउड अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालसँग धुमधामसँग बिहे गरे । रोहनले पनि उनलाई बैवाहिक जीवनको शुभकामना दिएका थिए । रोहनको रिप्लाई दिदैँ वरुणले आशा छ अब तिमी पनि अब तयार छौँ भनेका थिए ।
यसबाट पनि धेरै दर्शकले अब रोहन र श्रद्धाले बिहे गर्न लागेको अनुमान लगाइरहेका छन् । श्रद्धाको विवाहको लागि उनका पिता शक्ति कपुर पनि तयार छन् । उनले छोरी जो सँग खुसी हुन्छिन्, उनैसँग बिहे गराइदिने बताएका छन् । तर उनले रोहन र श्रद्धाको प्रेमका बारेमा भने आफूलाई केहीपनि थाहा नभएको बताए । वरुण श्रद्धासँग निकै नजिक भएका कारण पनि उनले रोहनलाई त्यसो भनेको फ्यानले बताइरहेका छन् ।
यद्यपि यसबारे श्रद्धा र रोहनले बोलेपछि मात्रै सत्यता बाहिर आउनेछ ।
प्रतिक्रिया