यस्तो छ ! प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा बुझाएको दाबी पत्र

काठमाडौँ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् भने अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको नेतृत्वमा छ । दुवै समूहले आफू आधिकारिक (नेकपा) भएको दावी गर्दै आएका छन् ।

तर निर्वाचन आयोगले भने दुवै समूहलाई आधिकारिकता दिएको छैन । उनीहरुले आफू आधिकारिक भएको दावी गरेपनि निर्वाचन आयोगले दुवै समूहले अभिलेखिकरणका लागि पेश गरेका कागजात र निर्णयहरुलाई मान्यता नदिने निर्णय गर्यो । तरपनि आधिकारिकताको लडाईँमा दुवै समूह होमिएका छन् र प्रचण्ड नेपाल समूहले मंगलबार आयोगमा २ सय ७५ केन्द्रीय सदस्यको बहुमत हस्ताक्षरसहित आफ्नो आधिकारिताको दाबी गर्दै १९ पृष्ठ लामो पत्र पेश गरेको छ ।

आयोगलाई बुझाइएको दाबी पत्रमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ को आधारमा आधिकारिताको माग गरिएको छ । दाबी पत्रमा विगतमा गरिएका निर्णय, प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विधान विपरीतका कार्यहरु उल्लेख गरिएको छ ।

यस्ताे छ दाबी पत्र :-

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति