शपथ समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित

काठमाडौँ । संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित भएका छन् । बिहान शीतल निवासमा भएको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा उपस्थित नभएका हुन् ।

नेकपा विभाजनको असर शीतल निवासमा आयोजित शपथ समारोहमा पनि देखिएको हो । उपराष्ट्रपति पुन र सभामुख सापकोटा प्रचण्ड-नेपाल समूहनिकट हुन् ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायत उपस्थित थिए ।

सभामुख सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै यसअघि संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए ।

यो पनि पढ्नुहोस्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति