काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थनमा आज नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियूले मोटरसाइकल र्याली गर्ने भएका छन् । मध्यान्ह १२ बजे र्याली निकाल्ने भएको हो ।
उक्त र्यालीको संयोजन पूर्वमन्त्री तथा युवा संघका इन्चार्ज महेश बस्नेतले गर्दैछन् । बालकुमारीबाट सुरु हुने र्याली माघ २३ को जनसभाको तयारीका लागि गर्न लागेको बताइएको छ ।
रुटसमेत निर्धारण भइसकेको र्यालीमा बस्नेतको नेतृत्वमा १० हजार युवा सहभागी हुने बताइएको छ । माघ २३ गते नेकपाको ओली समूहले नारायणहिटी अगाडि जनसभा गर्दैछ ।
प्रतिक्रिया