देशभर थपिए १७१ जना कोरोना संक्रमित

काठमाडौं २० माघ । पछिल्लो २४ घण्टामा देशभर १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२ हजार ९ सय ४६ जनाको नमुना परीक्षण गर्दा ७१ महिला र १ सय जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयां संक्रमितमध्ये ६५ जना काठमाडौैं उपत्यकाका हुन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ ।

उनीहरुमध्ये २ हजार ३० जनाको मृत्यु भएको छ भने २ लाख ६६ हजार ८ सय ५९ जना निको भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । यस्तै आज २ सय ५९ जना निको भएका छन् । हाल देशभर रहेको २ हजार ४ सय सक्रिय संक्रमितमध्ये १ सय २८ जनाको आईसीयु र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति