नेकपा अध्यक्ष प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

काठमाडौं, १९ माघ ।  नेकपा कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता समीर हायूले दाहालविरुद्ध अपहेलना मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ । दाहालले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा विपक्षी सबैलाई लिखित जवाफसहित सात दिनभित्र उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति