काेराेना संक्रमणबाट विदेशमा थप ३ नेपालीकाे मृत्यु

काठमाडाैं । कोभिड–१९ संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ ।

काेभिड १९ संक्रमणबाट याे साता युकेमा तीन जनाकाे मृत्यु भएकाे गैरआवासीय नेपाली संघले जनाएकाे छ । याेसँगै विदेशमा काेभिड १९ संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ३३० पुगेकाे छ ।

यस्तै याे साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियाका नेपालीमा काेभिड १९ पुष्टि भएकाे छ । शनिबार साँझसम्म संक्रमित संख्या ५० देशमा ५८ हजार ६ सय ९५ पुगेकाे छ । संक्रमितमध्ये ५५ हजार ७९३ जना निकाे भइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति