काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले सोमबार बिहान ११ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । समूहले बबरमहलस्थित कार्की बैङ्क्वेटमा बैठक बोलाएको हो ।
समूहका नेता लीलामणि पोखरेलका अनुसार उक्त विषयमा नेताहरुसँग यसअघि नै कुराकानी भएको थियो । नेता पोखरेलले भने, ‘बैठक बोलाउनुपर्छ भनेर केही दिनअगाडि नै सल्लाह भएको थियो । सोहीअनुसार काम अगाडि बढाइएको हो ।’
बैठक खासगरी संसद् विघटनविरुद्ध विरोधको समीक्षा र आगामी रणनीतिमा केन्द्रित रहने उनले जनाए ।
प्रचण्ड–नेपाल पक्षले आफूसँग नेकपाको बहुमत भएको दाबी गर्दै आएको छ । ४ सय ४१ सदस्यीय नेकपामा करिब २ सय ९७ सदस्य आफैँसँग भएको बताउँदै यो पक्षले प्रतिनिधि सभा पुनर्स्थापनाको जोडदार माग गरिरहेको छ ।
प्रतिक्रिया