‘केपी ओलीको पार्टी डुब्लिकेट हो’ : नेता नेपाल

धनगढी । माधवकुमार नेपालले केपी शर्मा ओलीको पार्टी डुब्लिकेट पार्टी भएको बताएका छन् ।

शनिबार आफू निकटको विरोधसभालाई सम्बोधन गर्न धनगढी पुगेका नेपालले यस्तो बताएका हुन् । ‘केपी ओलीको पार्टी त डुब्लिकेट हो’, नेपालले भने, ‘तपाईँहरु को को केपी ओलीसँग जानुभएको छ ? फर्किहाल्नुस्, तपाईँहरुको भविष्य उता छैन ।’

यस्तै नेपालले ओलीको पतन निश्चित भएको पनि बताए । ‘केपी ओलीको पतन निश्चित भएको छ । ओलीका फुर्ती हावामा उठिसकेको छ’, नेपालले थपेका छन्, ‘निर्वाचन आयोगको पत्रपछि ओलीको म्यादी प्रहरी जस्ता केन्द्रीय सदस्यहरूको हिस्स बुढी खिस्स दाँतजस्तै जस्तै भइसक्यो’, नेपालले भनेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति