प्रचण्ड-माधव समूहको प्रदर्शनमा ‘फ्री वाईफाई’ : पासवर्ड ‘नेकपा वान टू थ्री’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको प्रदर्शनमा सर्वसाधारणका लागि ‘फ्री वाईफाई’को समेत व्यवस्था गरेको छ, जसको पासवर्ड ‘नेकपा वान टू थ्री’ राखिएको छ । मञ्चबाटै कार्यक्रम सञ्चालकले पटकपटक वाइफाई पासवर्ड समेत भनिरहेका छन् ।

उक्त प्रदर्शनको प्रत्यक्ष प्रसारण सर्वसाधारणले पनि गरुन् भन्ने हेतूले दुई वटा फ्री वाईफाई राखिएको आयाेजकले बताएको छ ।

प्रदर्शनलाई प्रचण्डले सँबाेधन गरिरहेका छन् । सभामा उल्लेख्य जनसहभागिता रहेकामा अध्यक्ष प्रचण्डले उत्साह जनाएका छन् । कार्यक्रममा अर्का नेता माधव नेपाललगायत नेताहरुको सहभागिता छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति