गर्लफ्रेण्डसँग घुम्न जादाँ समस्यामा परे रोनाल्डो

चर्चित फुटबल प्लेयर क्रिस्टियानो रोनाल्डो समस्यामा पर्ने भएका छन् । केहीसमय अघि उनी आफ्नी गर्लफ्रेण्ड जर्जिना रोड्रिग्ससँग समय बिताउन पहाडमा पुगेका थिए । उनले कोरोनाको नियम उल्लंघन गरेको भएर समस्यामा पर्न सक्ने बताइएको छ ।

रोनाल्डोको एउटा भिडियो पनि सामाजिक संजालमा पोस्ट गरिएको थियो जुन पछि हटाइयो । रोनाल्डो एरिया पिडमोन्टमा बस्छन् । अहिलेको नियमअनुसार उनी आफ्नो घरबाट अर्को क्षेत्रमा जान पाउँदैन ।

उनी अत्यावश्यक काम परे मात्र बाहिर निस्कन पाउँछन् । यस्तो कडा नियम बनाउँदा बनाउँदै उनी घुम्न गएकाले पुलिसले यो मामिलामा जाँच गरिरहेको बताइएको छ । यदि प्रमाण भेटियो भने उनी कारवाहीमा पर्न सक्छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति