आफ्नै प्रेमिकालाई कुटी कुटी मारेर छतबाट हाम फाल्ने युवक ७ महिनादेखि थिए कोमामा, होस आउनासाथ परे पक्राउ

विद्यार्थी भिषामा अष्ट्रेलिया अध्ययनका लागि गएका एक युवक विगत ७ महिनादेखि कोमामा थिए । केहीदिन अघिमात्र उनको होस आयो । होस आउनासाथ उनलाई प्रहरीले पक्राउ गरेको छ । वास्तवमा ती युवकले आफ्नी प्रेमिकाको हत्या गरेर आफूपनि ४ तला माथिबाट हाम फालेका थिए ।

हाम फाल्दा उनको टाउकोमा निकै गहिरो चोट लागेको थियो । जसका कारण उनी कोमामा पुगेका हुन् । २१ बर्षीय यी युवक चीनका नागरिक हुन् र उनकी १९ बर्षीया प्रेमिका पनि चीनकै नागरिक थिइन् । यी दुवै २ बर्ष अघि विद्यार्थी भिषामा पढ्नको लागि अष्ट्रेलिया आएका थिए ।

प्रेमिकासँग मनमुटाव भएपछि युवकले उनलाई कुटीकुटी मारेको बताइएको छ । उनी आफै भने झुक्किएर लडे वा वास्तवमै हाम फालेका हुन्, पुष्टि भएको छैन । तर प्रत्यक्षदर्शीले बताए अनुसार ती युवकले जानेर नै हाम फालेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति