छोरी जन्मिएको १ बर्ष नबित्दै दोस्रो पटक पिता बन्दै कपिल

बलिउडका सर्वाधिक चर्चित हाँस्यकलाकार हुन्, कपिल शर्मा । उनलाई कमेडी किङ्ग समेत भन्ने गरिन्छ । कपिलको कमेडी मन नपराउने दर्शक सायदै छैनन् होला । यतिबेला उनी द कपिल शर्मा शो मा व्यस्त छन् । तर कपिल शर्मा शो अब चाडैँ नै बन्द हुदैँछ ।

भारतीय मिडिया अनुसार फेब्रअरीभरि द कपिल शर्मा शो दर्शकले हेर्न पाउने छैनन् । त्यसपछि भने कपिल कपिल शर्मा शो लिएर दर्शकमाझ पुनः आउनेछन् । कपिल शर्मा शो बन्द हुनुको कारण जान्न दर्शक आतुर थिए । तर कपिल स्वयमले कपिल शर्मा शो बन्द हुनुको कारण खुलाउँदा फ्यानलाई झट्का लागेको छ ।

कपिल चाडैँ नै दोस्रो पटक पिता बन्दैछन् । उनले यस्तो समयमा आफू श्रीमतीसँग बस्न अत्यावश्यक भएकाले केहीसयमको लागि कपिल शर्मा शो बाट ब्रेक लिन लागेको बताएका छन् ।

स्मरण रहोस् कपिल १ बर्ष अघिमात्र छोरीको पिता बनेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति