भारतमा २४ घण्टामा १२ हजार ५१६ जनामा संक्रमण, १२९ को मृत्यु

काठमाडौँ, १७ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १७६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ५१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख ३३ हजार ४८७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख ७ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति