नेकपाको कुनै एउटा समूहलाई आधिकारिता दिएका छैनौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको स्पष्ट पारेको छ । केही समयअघि नेकपा ओली समूहका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले आयोगले आधिकारिकताको टुङ्गो लगाईसकेको बताएका थिए ।

नेम्वाङले आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग, ‘आधिकारिकताको विषयमा निर्वाचन आयोगले टुंगो लगाइसकेको छ । त्यसैको जगमा उभिएर हामी अघि बढ्छौं ।’ भनेका थिए । तर निर्वाचन आयुक्त ईश्वरी पौडेलले ओली समूहका नेताहरुसँग चिया गफ मात्र भएको बताएका छन् । उनका अनुसार आयोगले छिट्टै दुवै पक्षसँग संयुक्त छलफल गर्ने जानकारी गराए । 

तर एउटा पक्षले त हामीलाई आधिकारिक भनिसक्यो भनेर दाबी गरेको छ नि भन्ने प्रश्नमा पौडलले भने, ‘आधिकारिताबारे कुन पक्ष भन्ने निर्णय गरिसकेको अवस्था होइन । नेकपाको दुइटा गुट भएपनि हामीलाई आधिकारिता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न आएन ।’

दुवै पक्ष राजनीतिक दलसबन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरण गरिदिनु भनेर आएकाले आयोगले त्यसलाई अस्वीकार मात्र गरेको उनले बताए । ‘दुवै पक्षले आधिकातिा हौं भनेर आउँदै नआएको अवस्थामा आयोगले पार्टी फुटाउँदै हिड्ने कुरा भएन’ उनले भने ।

यदि कुनै समूह आधिकारिक हौं भनेर दाबी गर्न आएको अवस्थामा प्रचलित कानून, विधान र संविधानले के भन्छ भनेर छलफल गरेर आयोग निर्णयमा पुग्ने उनले बताए । दफा ४४ ९१० अनुसार ३० दिने हदम्याद सकियो होला नि भन्ने प्रश्नमा उनले भने, विवाद कहिले सुरु भयो भनेर हामी तोक्दैन । विवाद यो हो भनेर उहाँहरु कसरी आउनुहुन्छ, त्यसपछि कानुनी सल्लाहकारहरुसँग परामर्श गर्छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति