शहीद !

शहीद !

शहीद
तिनीहरुका देशमा पनि छन्
शहीद
मेरो देशमा पनि छन्
तिनीहरुका देशमा
शहीदका सपना साकार पार्न
नेताले आफ्नो सपनालाई रुखमा झुन्ड्याउँछन्
मेरो देशमा
आफ्ना सपना साकार पार्न
नेताले शहीदका सपनालाई रुखमा झुन्ड्याउँछन्

[प्रस्तुत कविता कवि अर्जुन पराजुलीको फेसबूकबाट साभार गरिएको हो : सम्पादक]

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति