आयोगले आधिकारिकता टुङ्गो लगाइसक्यो : सुवास नेम्वाङ

नेकपाको आधिकारिकता समूह कुन हो भनेर निर्वाचन आयोगले टुंगो लगाइसकेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका नेकपाका नेता सुवास नेम्वाङले बताएका छन् ।

निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग उनले भने, ‘आधिकारिकताको विषयमा निर्वाचन आयोगले टुंगो लगाइसकेको छ । त्यसैको जगमा उभिएर हामी अघि बढ्छौं ।’

निर्वचान आयोगले नेकपाको आधिकारिकता समूह कुन हो भनेर टुंगो लगाइसकेका बताउने उनले को आधिकारिक भन्ने चाहिँ खुलाएका छैनन् । नेता नेम्वाङले भने, ‘हाम्रो बुझाइमा हामी आधिकारिक हौँ भन्ने विश्वास छ। केहीलाई हामी आधिकारिक हौँ भन्ने बुझाइ छ होला ।’

नेता नेम्वाङले निर्वाचन आयोगसँग प्रयाप्त समय रहेकोले तोकिएकै समयमै निर्वाचन सम्पन्न हुने जानकारी गराए । ‘निर्वाचन आउन अझै प्रर्याप्त समय बाँकीे छ, हामी समयमा निर्वाचन सम्पन्न गर्छौं भनेर निर्वाचन आयुक्तले जानकारी दिनुभएको छ,’ नेम्वाङले भने, ‘निर्वाचन आयोगले प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा अन्तरिम आदेश नदिएपछि निर्वाचनको तयारी सुरु गरिसकेको छ । अदालतको अन्तिम फैसलाबाहेक अन्य कुराले निर्वाचनलाई रोक्न सक्दैन ।’

प्रचण्ड–नेपाल समूहले भने दुबै अध्यक्ष उपत्यकाबाहिर रहेको र माघ १८ गतेसम्म व्यस्त रहेका कारण त्यसपछिको समय मिलाउन आयोगसँग आग्रह गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति