नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले पार्टीको पत्रसहित आफ्नो पार्टीका दुवै अध्यक्ष बाहिर रहेकोले निर्वाचन आयोगसँग १८ गतेपछि मात्रै छलफल गराउनका लागि आग्रह गरेको छ ।
नेकपाका शिर्ष नेताहरु राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधानले निर्वाचन आयोग यस्तो आग्रह गरेका हुन् ।
उनीहरुले दुवै अध्यक्ष उपत्यकाबाहिर रहेका कारण प्रतिनिधि मनोनयन गर्ने अवस्था नरहेको र अध्यक्षद्वयले आफैँ उपस्थित भएर छलफल गर्न चाहेका कारण केही दिन समय सारिदिन आग्रह गरेका हुन्।
आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयम् उपस्थित हुन चाहेकाले शुक्रबारको छलफल सार्न प्रचण्ड–माधव समूहले आग्रह गरेको बताए।
बिहीबार पत्र काटेर आयोगले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूहका अध्यक्ष वा अध्यक्षले तोकेका ५र५ जनालाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको थियो।

प्रतिक्रिया