निर्वाचन आयोगले ओली र प्रचण्ड-नेपाल पक्षसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहसँग छलफल गर्न लागेको छ ।

आयोगले बिहीबार नेकपाका ओली र प्रचण्ड-नेपाल समूहलाई छलफलका लागि बोलाएको थियो ।

शुक्रबार बिहान साढे ११ बजे नेकपा पक्षका नेताहरु र प्रचण्ड-नेपाल पक्षका नेताहरुसँग आयोगले छलफल गर्न लागेको हो ।

अध्यक्ष वा अध्यक्षले पठाएका पाँच/पाँच जना प्रतिनिधिसँग आयोगले छलफल गर्दैछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषय’ मा आज छलफल गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी दुई समूह क्रियाशील छ ।

यी दुबै पक्षले आफुहरु नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति