नेकपा आधिकारिकता विवाद :ओली र प्रचण्ड-नेपाल समूहसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौँ, १६ माघ । प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्रै एक रहेको नेकपाका दुबै समूह ओली र प्रचण्ड-नेपाल लाई निर्वाचन आयोगले आज छलफलमा बोलाएको छ।

आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन तयारी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा ओली र प्रचण्डसँग छलफल हुनेछ ।

छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच रपाँच जना व्यक्तिलाई बोलाइको प्रवक्ता श्रेष्ठले बताए।

नेकपाका दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगमा पेस गरेको विवरण अस्वीकार गर्दै निर्वाचन आयोगले ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने निर्णय गरेको थियो।

उक्त निर्णयलाई आफू अनुकुल व्याख्या गरिरहेका दुवै समूहसँग आवश्यक परामर्श गरी थप निर्णय गर्ने आयोगको तयारी छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि दुबै समूहले पार्टीको नाम, निर्वाचन चिह्न, छाप लगायतमा आफ्नो दाबी गर्दै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति