लोकतन्त्रलाई अझ मजबुत गराउनुपर्दछ : मुख्यमन्त्री गुरुङ

काठमाडौं, १५ माघ । । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्र नचाहने शक्तिहरुले लोकतन्त्रलाई खुइल्याउन सक्रिय भइरहेको बताए ।

बेँसीशहरमा आज आयोजित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा लमजुङको १४औँ साधरणसभामा मुख्यमन्त्री गुरुङले प्रतिपक्ष, आन्तरिक पक्ष र सबैतर्फबाट स्थिर सरकार कमजोर बनाएर लोकतन्त्र खुइल्याउन लागि रहेका छन् भने । उनले पत्रकारलाई सत्य तथ्यमा आधारित भएर सूचना प्रवाह गर्न आग्रह गर्दै नेपालमा स्थिरता सबैको मिसन हुनुपर्ने बताए ।

उनले कांग्रेस र जसपा मिलेर सरकार बनाउन सक्ने अवस्था थिएन त्यसैले कम्युनिष्ट पार्टी फुटाउने खेलमा बाहिरी शक्ति लाग्यो भने । गण्डकी प्रदेशसभा सदस्य मधु अधिकारीलगायतले पत्रकार विभिन्न समस्यमा परी रहे पनि राज्यले विशेष भूमिका निर्वाह गर्न नसकेको धारणा व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति