‘भ्रष्टाचार सूचाङ्‍क’मा गत वर्षभन्दा तल खस्कियाे नेपाल

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचाङ्कमा नेपाल गत वर्षको भन्दा तल खस्किएको छ ।

गत वर्ष ११३ औं स्थानमा रहेको नेपालले यसवर्ष ३३ अंक प्राप्त गरेर एक सय १७ औं स्थानमा झरेको भ्रष्टाचारको अवधारणा सूचाङ्क (सीपीआई) ले जनाएको छ । दक्षिण एसियामा भुटान सबैभन्दा माथि २४ औं स्थानमा र अफगानिस्तान एक सय ६५औं स्थानमा छ। कूल एक सय ८० देशमध्ये न्यूजिल्यान्ड र डेनमार्क ८८ अंकसहित शीर्ष स्थानमा रहेका छन् ।

दक्षिण एसियामा माल्दिभ्स ७५औं स्थानमा, भारत ८६ औं स्थानमा, श्रीलंका ९४ औं स्थानमा, पाकिस्तान १२४ औं स्थानमा, बंगलादेश एक सय ४६औं स्थानमा रहेका छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति