नेकपाका दुबै पक्षलाई निर्वाचन आयोगले बोलायो

निर्वाचन आयोगले दुवै नेकपालाई छलफलका लागि बाेलाएकाे छ । आयोगले शुक्रबार बिहान ११ बजेको लागि दुवै नेकपालाई छलफलमा बाेलाएकाे हो ।

आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिएको जानकारीअनुसार नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलाइको छ । ‘अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको छ’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘भोलि बिहान छलफल हुन्छ ।

शुक्रबार खासगरी दुई वटा विषयमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले बताएका छन् । उनले भनेका छन्, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषयमा छलफल हन्छ ।’

यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति