प्रधानमन्त्री कपः आर्मीद्वारा वाग्मतीलाई २३० रनको लक्ष्य

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई २३० रनको विजय लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल बनायो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ६५ रनको योगदान दिए ।

त्यसैगरी भीम सार्कीले ४० रन जोड्दा विक्रम सोबले ३५ रन बनाए । लोकेश बमले २३, सुशन भारीले १६ तथा कप्तान विनोद भण्डारीले १० रन जोडे । यता वाग्मतीका गौतम केसी एक्लैले पाँच विकेट लिए । आज दुवै टिम जित निकाल्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा एपिएफसँग भिड्नेछ । यसअघि भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति