सुनको मूल्यमा झिनो गिरावट

काठमाडौं । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा नै रु ७०० ले घटेको सुन आज भने तोलामा रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा रु ९२ हजार मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार तोलामा रु ९२ हजार १०० मा कारोवार भएको थियो । मङ्गलबार भने छापावाला सुन तोलामा रु ९२ हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ९१ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा रु ९१ हजार ६०० मा कारोवार भएको थियो । त्यस्तै चाँदी तोलामा रु पाँचले घटेको छ । तोलामा बुधबार रु एक हजार २५० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति