कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम : एकै दिन साढे १६ हजारको मृत्यु

काठमाडौं, १५ माघ । विश्वमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १६ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । यसैगरी पाँच लाख ७४ हजार नौ सय ४८ जना संक्रमित थपिएका छन् ।

मृत्यु तथा संक्रमित हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा मात्रै एक लाख ४७ हजार तीन सय ८५ जना संक्रमित थपिएका छन् भने तीन हजार आठ सय २४ जनाको मृत्यु भएको छ ।

यसैगरी बेलायतमा एक हजार सात सय २५ जना, एक हजार सात सय ४३ जना र ब्राजीलमा एक हजार तीन सय १९ जना मृत्यु भएको छ । कोरोना संक्रमणबाट जर्मनीमा नौ सय ६८, स्पेनमा चार सय ९२ जना, इटालीमा चार सय ६७ जना, कोलम्बियामा तीन सय ९५ जना, दक्षिण अफ्रिकामा सात सय ५३ जना, कोलम्बियामा तीन सय ९५ जना, इन्डोनेसियामा तीन सय ८७ जना, पोर्चुगलमा दुई सय ९३ जना, फ्रान्समा तीन सय ५० जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वमा १० करोड १३ लाख ९६ हजार तीन सय ६६ जना संक्रमित भइसकेका छन् भने २१ लाख ८२ हजार ७२ जनाको मृत्यु भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति