घट्यो सुनको भाउ : तोलामा ७ सय रुपैयाँले सस्तियो

काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउमा पनि आज सामान्य गिरावट आएको छ । मंगलबार १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आजको पाँच रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति