कोरोनाविरुद्धको खोप अभियान सुरु

काठमाडौँ । देशभर कोभिड-१९ विरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गरेका हुन् ।

अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो । पहिलो दिन आज १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुनेछ । देशभरका ६६ वटा जिल्लाका करिब १२० खोप केन्द्रबाट खोप लगाउन सुरु गरिएको छ ।

सरकारले पहिलो चरणमा कोभिड विरुद्व खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मी गरी गरी ४ लाख ३० हजार बढीलाई खोप लगाउँदैछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा लगाउन सुरु गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति