निरन्तर घटेकाे सुनको भाउ मंगलबार बढ्याे

काठमाडौं । लगातारको गिरावट भएको सुनको भाउमा मंगलबार बढोत्तरी भएको छ। माघ १३ गते, मंगलबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनकाे मूल्य पछिल्लो तीन दिन ओरालो लागेको थियो। अघिल्लो साताको बिहीबारदेखि सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो। सोमबार भने सुन तोलामा २०० रुपैयाँले गिरावट भई प्रतितोला ९२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

मंगलबार सुनको भाउ बढेतापनि चाँदीको भाउ भने ओरालो लागेको छ । आइतबार र सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार भने तोलामा पाँच रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा किनबेच हुँदैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति