पुनः एकताका लागि ओली समूहको दुई शर्त– आरोपपत्र फिर्ता र चुनावको लागि तयार

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले दुई शर्तमा विभाजित नेकपा पुनः एक हुन सक्ने बताएको छ । आउँदो २३ गतेको प्रदर्शनको थप जानकारी दिन सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा ओली समूहका नेता ईश्वर पोखरेलले यस्तो बताएका हुन् ।

पोखरेलले गत २८ कात्तिकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेका आरोपपत्र फिर्ता भएमा पुनः नेकपा एक हुन सक्ने बताएका हुन् । ‘प्रचण्डले गत २८ कात्तिकमा पेश गर्नुभएको आरोपपत्र फिर्ता भए पुनः नेकपा एक हुन सक्छ’, पोखरेलले भनेका छन्, ‘साथै चुनावमा जान पनि सहमत हुनुपर्छ ।’

‘अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्याउन खोजियो,’ पोखरेलले थपेका छन्, ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ । त्यो हो घोषित निर्वाचनको लागि तयार र आरोपपत्र फिर्ता ।’

यसअघि आइतबार निर्वाचन आयोगले नेकपा कानूनी रुपमा विभाजित हुन नसक्ने निष्कर्ष निकालेको छ । योसँगै नेकपा विवाद थप पेचिलो बनेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति