जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकालाई सम्मान गर्ने सरकारको निर्णयप्रति कटाक्ष गरेका छन् ।
‘पोहोर मरिन् सासु ऐले आयो आॅसु’?मेरो पालामा जारीTRCर वेपत्ता सम्बन्धी आयोगको अध्यादेश,द्वन्दपीडितलाई रू५लाख नगद प्लस रू ५लाख तामाकोशीमा शेयर र ससम्मान परिचय पत्र,बहिर्गमित लडाकुलाई रू२लाख राहत आदि पछिल्ला सरकारले किन रोकेको?ऐले गोहीको आॅसु चुहाउॅदै उधारो समिति गठन?TRCटार्ने मेसो? https://t.co/wXaslamiwU
— Baburam Bhattarai (@brb1954) January 24, 2021
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागीहरुलाई सम्मानका लागि आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । सोहि निर्णयप्रति कटाक्ष गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराइले भने, ‘पोहोर मरिन् सासू, अहिले आयो आँसु !’
प्रतिक्रिया