सामाजिक सञ्जालमा भाइरल बन्दै वरुण र नताशाकाे तस्वीर

बलिउड अभिनेता वरुण धवनले हिजो प्रेमिका नताशा दलालसँग निकै धुमधामसँग विवाह गरेका छन् । कोरोनाको महामारीको कारण उनको विवाहमा धेरैजनालाई आमन्त्रण भने गरिएको थिएन । विवाहमा परिवारका सदस्य र थोरै साथीभाई मात्र उपस्थित थिए । वरुण र नताशाले अब केही समयपछि बलिउडकर्मीको लागि मुम्बईमा भव्य रिसेप्सन पार्टीको आयोजना गर्ने बताएका छन् ।

वरुणले सामाजिक सञ्जालमा आफ्नो विवाहको तस्वीर सेयर गरेका छन् । तस्वीर सेयर गरे लगत्तै उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको बाढी नै आएको छ । विवाहमा नताशा र वरुण निकै नै राम्रो देखिएका छन् । नताशा एक फेसन डिजाइनर हुन् । उनले वरुणलाई चिनेको लामो समय भैसकेको छ । यी दुई लामो समयदेखि एकअर्काको प्रेममा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति