पोर्चुगलमा कोरोना प्रभावित नेपालीलाई राहत

काठमाडौं । कोभिड-१९ का कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिड-१९ को शुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो ।

समिति गठनपछि पहिलो चरणको राहत वितरण गरिएको थियो । उक्त राहत वितरणबाट ४०० नेपाली समुदाय लाभान्वित भएका थिए । हाल पोर्चुगल सरकारले तेस्रो चरणको आपतकालीन राज्य घोषणा गरेपछि धेरै नेपालीले रोजगारी गुमाउनु परेको छ । राहत समितिले कोभिड लागेका व्यक्ति, सुत्केरी महिला, वृद्धवृद्धा र दीर्घ रोग भएका पीडितलाई मध्यनजर गरी राहत वितरण गरिने बताएको छ ।

राहत वितरण व्यवस्थित गर्न कोभिड राहत वितरण समितिको सचिवालयले समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न समितिका सचिवालय सदस्य तथा प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पत्रकारहसहितको तथ्याङ्क सङ्कलन समिति गठन गरेको छ ।

उक्त समितिले वास्तविक समस्यामा रहेकाहरुलाई पहिचान गर्ने र उनीहरुको अवस्थाअनुसार राहत वितरणका लागि सिफारिस गर्ने समितिका संयोजक पौडेलले जानकारी दिए । कोभिडका कारण पोर्चुगलमा तीन नेपालीको मृत्यु भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति