‘दुईबाट तिन हुन समय लाग्छ’ : आँचल शर्मा

आँचल शर्माले गतबर्ष फागुनमा प्रेमी उदिप श्रेष्ठसँग निकै धुमधामसँग बिहे गरिन् । उदिपसँग उनको जीवन निकै रमाइलोसँग बितिरहेको छ । नायिका हुन त्यति सजिलो छैन । नायिका भएपछि हरेक प्रकारका प्रश्नको सामना गर्नुपर्ने हुन्छ । बिहे नगरुन्जेल बिहे कहिले गर्ने ? त बिहे भएपछि बच्चा कहिले पाउने । आजभोली आँचललाई पनि जहाँ गएपनि बच्चा कहिले पाउने भनेर सोध्ने गरिन्छ जबकि उनको विवाह भएको १ बर्ष पनि पुरा भएको छैन ।

केहीदिन अघि अभिनेत्री स्वेता खड्काको रिसेप्सन पार्टीमा आँचल श्रीमान उदिपसँग पुगेकी थिइन् । पुग्नेबित्तिकै उनलाई पत्रकारले परिवार अगाडि बढाउने कुरामा कत्तिको सोचिरहनु भएको छ भनेर प्रश्न गरिहाले । आँचलले पनि हाँस्दै दुईबाट तिन हुन समय लाग्ने बताइन् ।

उनले आफूलाई अझ उदिपसँग धेरै समय बिताउन मन लागेको बताइन् । त्यसका साथै अहिले उनी आफ्नो करियरलाई ध्यान दिइरहेकी छिन् । उपयुक्त समय आएपछि यसबारे पक्कैपनि सोच्ने आँचलले बताइन् । उदिपले पनि आँचलको कुरामा सहमति देखाए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board