सुशान्तको जन्मदिनमा उनको सम्मानस्वरुप फ्यानले भावुक हुदैँ यसो भने…

बलिउडका स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको अस्तिमात्र ३५ औँ जन्मदिन परेको थियो । सुशान्तको जन्मदिनमा बलिउडकर्मी र फ्यानले उनलाई निकै नै सम्झिएका थिए । यसैदिन सुशान्तको सम्मानस्वरुप दक्षिण दिल्लीको एन्ड्रियुजगन्जस्थित एक सडकको नामाकरण हुने भएको छ ।

निगमका पार्षद अभिषेक दत्तले सेप्टेम्बरमा यो सडकको नामाकरण सुशान्तको नामबाट गर्नुपर्ने प्रस्ताव लगेका थिए । एन्ड्रियुजगन्जदेखि इन्दिरा क्याम्पसम्म जाने सडकको एक हिस्साको नाम सुशान्त सिंह राजपूत मार्ग राख्नुपर्ने माग दत्तले राखेका थिए ।

यो समाचारले सुशान्तका फ्यानहरु निकै नै खुसी भएका छन् र यस्तो राम्रो काम गरेकोमा धन्यवाद समेत दिएका छन् । सुशान्तले बलिउडमा प्रवेश गरेको केही समयमै दर्शकमाझ आफ्नो राम्रो छाप छोड्न सफल भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति