मन दुखाउँदै ‘न्यूज २४’ बाट बिदा भए चर्चित सञ्चारकर्मी रवि लामिछाने

रवि लामिछाने निकै नै चर्चित सञ्चारकर्मी हुन् । दर्शकले उनलाई औधी रुचाउने गरेका छन् । उनले धेरै दिनदुखीलाई सहयोग गरेका छन् र धेरै गलत कामको पर्दाफास पनि गरेका छन् । जसका कारण धेरै मानिसले त उनलाई न्याय नपाए रवि लामिछानेकोमा जानु समेत भन्ने गरेका छन् । तर रविका जति प्रशंसक छन् त्यति नै कुरा काट्ने मानिस पनि छन् ।

उनै रविले चलाउने सिधा कुरा जनतासँग शो लाई दर्शकले निकै रुचाउने गरेका थिए । तर अब दर्शकले केही समयसम्मको लागि सिधा कुरा जनतासँग हेर्न नपाउने भएका छन् । न्यूज २४ च्यानलबाट प्रशारण हुने गरेको सिधा कुरा जनतासँग केही समयपछि अझ विस्तृत रुपमा आउने रवि स्वयमले बताएका छन् ।

वास्तविकता के हो भने रवि लामिछाने सहित सिधा कुरा जनतासँग को टिमको न्यूज २४ च्यानल नै छोडिदिएका छन् । रवि र उनको टिमले आफ्नै टेलिभिजन च्यानल खोलेकाले न्यूज २४ छोडेका हुन् । तर न्यूज २४ च्यानलसँग रविको केही कुरा नमिलेकाले उनले च्यानल छोडेको जनताले अनुमान लगाइरहेका छन् । यद्यपि रविले यसबारे थप केहीपनि बताउन भने चाहेनन् । रवि न्यूज २४ च्यानलको लागि सधैँ नै आभारी रहेको भने बताउँछन् । उनले आफूलाई यो जुनीभरि पुग्ने गरी दर्शकको माया यहि च्यानलबाट पाएको समेत बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board