महिला फुटबल : नेपाल पुलिस क्लबको पहिलो जित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६–० गोलअन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले २–२ गोल गरे । यस्तै अमृता जैसी र निर्मला विकले एक–एक गोल गरे । खेलको २८ औं मिनेटमा रेखाको गोलबाट पुलिसले अग्रता बनाएको थियो । राष्ट्रिय फुटबल टोलीकी पूर्वकप्तान निरु थापाले मैदानको दायां भागबाट उपलब्ध गराएको पासमा रेखाले वान टच गोल गरेकी हुन् । खेलको ४० औं मिनेटमा अमृताले गोल गर्दा पुलिसले अग्रता दोब्बर बनायो । अमृताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

अमृताको प्रहार चौदण्डीगढीकी गोलरक्षक देबिका श्रेष्ठले ठम्याउन सकिनन् । खेलको ४५ औं मिनेटमा पुलिसले तेस्रो गोल गर्यो । सिर्जनाले प्रहार गरेको बल चौदण्डीकी गोलरक्षक देबिकालाई लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफको इन्जुरी समयमा निर्मलाले गोल गरेपछि पहिलो हाफमा पुलिस ४–० को अग्रता बनायो । दोस्रो हाफमा पुलिसले थप दुई गर्यो । खेलको ८९ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ५–० ले अघि रह्यो । त्यसपछि खेलको अन्तिम मिनेटमा सिर्जनाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ६–० को जित दिलाइन् । जितस“गै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board