कोरोना अपडेट : ४८० जना निको हुँदा ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४८० जना कोरोना भाइरस (कोभिड १९) संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज (शुक्रबार) कोरोना संक्रमणबाट थप ७ जनाले ज्यान गुमाएका छन् ।

यस्तै आज ३ हजार ५४५ जनाकाे पीसिआर परीक्षण गरिएकाेमा ३०२ जनाकाे काेभिड रिपाेर्ट पाेजेटिभ आएकाे छ । आज क्वारेन्टिनमा १५८ जना छन् भने सक्रिय संक्रमित संख्या ३ हजार ६१४ रहेकाे छ ।

आजकाे अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६८ हजार ९४८ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६३ हजार ३४८ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९८६ पुगेकाे छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board